बैशाख ०४, २०८२, बिहीबार

बाटुलेचौरमा मुटु जाँचसम्बन्धी निःशुल्क शिविर हुने


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । हिमालय क्लबको आयोजनामा पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौरमा मुटुजाँचसम्बन्धी बृहत् शिविर हुने भएको छ ।

यही फागुन ३ गते शनिबार हुने शिविरको सबै तयारी पूरा भएको क्लब अध्यक्ष मोहन थापाले जानकारी दिए ।

अध्यक्ष थापाका अनुसार जयन्ती मेमोरियल ट्रष्ट र मातृशिशु मितेरी प्रादेशिक अस्पतालको सहयोगमा शिविर हुने भएको हो ।

शिविरमा सुगर, प्रेसरसहित इको र इसीजी परीक्षणसमेत गरिनेछ । शिविरमा हुने सबै सेवा निःशुल्क हुने उनले बताए ।

शिविरमा काडियोलोजिष्ट डा मनोज कोइराला, कन्सल्टेन्ट फिजिसियन डा सुनील गौतम, डा विवेक लामिछाने र डा विज्ञान लामिछानेको टोली खटिनेछन् ।

कार्यक्रम संयोजक शिवराज देवकोटाका अनुसार बाटुलेचौरस्थित कालिका भवनमा शिविर हुनेछ । शिविरमा धेरैधन्दा धेरैको सहभागिता गराउन तयारी भइरहेको उनले बताए ।

देवकोटा संयोजक, पूर्वअध्यक्ष सुशिल बस्नेत र सुन्दर थापा सदस्य रहेको समितिले शिविरको तयारी गरेको हो ।

शिविरमा अर्मला प्राथमिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोग हुने, संरक्षण आमा समूह र कालिका मन्दिर कोत मामलियत व्यवस्थापन समितिले सहकार्य गरेको संयोजक देवकोटाले बताए ।

Copyright © 2024 | All rights reserved.