0
प्रतिक्रिया
पोखरा । ‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा यही शनिबार हुँदैछ । कार्यक्रमका लागि सबै तयारी पूरा भएको छ ।
भ्रमण वर्ष घोषणा अघि पोखराका ३३ वटै वडाबाट पोखरा प्रदर्शनी केन्द्र नयाँबजारसम्म पहिचानसहितका झाँकी र्याली प्रदर्शन हुनेछ ।
नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सहभागितामा भ्रमण वर्ष घोषणा हुने पोखरा महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए ।
सन् २०२५ मा पोखरामा स्वदेशी र विदेशी गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष घोषणा गर्न लागिएको पाेखरा महानगर प्रमुख धनराज आचर्यले बताए ।
चीन र भारतबाट विदेश घुम्ने १८ करोड पर्यटकको सानो हिस्सामात्रै पोखरा आए पनि त्यसले यहाँको आर्थिक पक्षलाई बलियो बनाउने उनको दावी छ ।
भ्रमण वर्षको अवधिभर क्रियाशील रहने गरी नगर प्रमुख आचार्यको संयोजकत्वमा मूल समारोह समिति, एक निर्देशक समिति, पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईको संयोजकत्वमा कार्यसम्पादन समिति र विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी ४३ वटा समिति गठन गरिएको पोखरा महानगरपालिकाले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.