बैशाख ०४, २०८२, बिहीबार

धादिङ-पोखरा लेखनाथ कल्याणकारी समाजद्वारा सेतो छडी सहयोग


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । धादिङ-पोखरा लेखनाथ कल्याणकारी समाजले नेत्रहीन संघ कास्कीलाई सेतोछडी सहयोग गरेको छ ।

पोखरा-२६ स्थित संघको भवनमा बिहीबार आयोजित एक कार्यक्रमका बीच समाजले १५ थान सेतोछडी वितरण गरेको हो ।

उक्त अवसरमा फलफूलसमेत वितरण गरिएको बताइएको छ ।

कार्यक्रममा धादिङ-पोखरा सम्पर्क समाजका अध्यक्ष सरस्वती श्रेष्ठले लेखनाथ कल्याणकारी समाजले निकै पवित्र काम गरेको बताइन् ।

उनले समाजले पनि यसअघि सेतो छडी वितरण गरेको र लेखनाथ कल्याणकारी समाजले निरन्तरता दिएकोमा आभार व्यक्त गरिन् ।

नेपाल नेत्रहीन संघका केन्द्रीय सदस्य श्रीकान्त सापकोटाले धादिङवासीको सहयोगप्रति आभार व्यक्त गरे ।

कार्यक्रमका अध्यक्ष प्रेम नेपालीले समाजले यसअघि धेरै कल्याणकारी काम गरेको भन्दै आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्ने प्रतिवद्धता जनाए ।

अध्यक्ष प्रेम नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा परिकल्पना गोपाल नेपालीले स्वाागत र वरिष्ठ सल्लाहकार तिलक रोकाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Copyright © 2024 | All rights reserved.