0
प्रतिक्रिया
पोखरा । पोखरा भ्रमण वर्ष २०२५ उद्घाटनका क्रममा शनिबार बेलुन फुटेर आगो लाग्दा दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य छन्।
रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालामा परेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो।
आगोको हुर्को झ्याप्पै अनुहार तिर आएपछि मन्त्री पौडेल मञ्चतिर र मेयर आचार्य मञ्चको तलतिर हामफालेका थिए ।
अर्थमन्त्रीको तुलनामा मेयरको गालाको भाग बढी डढेको प्रत्यक्षदर्शीले बताए । उनीहरू दुवैजनालाई उपचारका लागि फिस्टेल अस्पताल लगिएको छ।
आन्तरिक तथा बाह्य गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष घोषणा गरिएको हो।
Copyright © 2024 | All rights reserved.