बैशाख ०४, २०८२, बिहीबार

अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई काठमाडौँ लगियो


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । लागोले जलेर घाइते भएका पोखराका मेयर धनराज आचार्य र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

घटनालगत्तै मेयर आचार्यलाई उपचारका लागि फिस्टेल अस्पताल र अर्थमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज पुर्‍याइएको थियाे । दुवैको दुवै अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको हो । त्यसपछि उनीहरुलाई सिम्रिक एयरलाइन्सको हेलिकोप्टरबाट काठमाडौं लगिएको हो । उनीहरुको उपचार काठमाडौँ कीर्तिपुरस्थित वर्न अस्पतालमा हुनेछ ।

पोखरा भ्रमण वर्ष २०२५ उद्घाटनका क्रममा शनिबार बेलुन फुटेर आगो लाग्दा मेयर आचार्य र अर्थमन्त्री पौडेल घाइते भएका थिए । आगोले मेयर आचार्यको देब्रेतर्फको गाला पूरै जलेको छ । उनको कपालसमेत डढेको छ ।

रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा अचानक आगो लागेको थियो । बेलेनमा आगोको आगोको लप्को मेयर आचार्यको अनुहारतर्फ गएको थियो ।

मञ्चको तलबाट विद्युतबाट झिरझिर बालिएको थियो । सोही झिरझिर भइरहेको माथि बेलुन थियो । सोही झिरझिरको आगोको झिल्कोले बेलुमा भएको ग्यास टिप्दा आगोलागी भएको देखिन्छ ।

आगोको हुर्को झ्याप्पै अनुहार तिर आएपछि मन्त्री पौडेल मञ्चतिर र मेयर आचार्य मञ्चको तलतिर हामफालेका थिए ।

आगोको झिल्कोले टिप्दा बेलुन ठूलो आवाजसहित पड्किएको थियो । सोक्रममा अर्थमन्त्री पौडेल सामान्य घाइते भएका छन् ।

आन्तरिक तथा बाह्य गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष घोषणा गरिएको हो । घटनापछि केहीबेर स्थगित भएको कार्यक्रम पुनः शुरु भएर अहिले चलिरहेको छ ।

Copyright © 2024 | All rights reserved.