साउन १२, २०८२, आइतबार

आज केही ठाउँमा फाटफुट वर्षा र हिमपात हुने


Advertisement Image
clock icon 5 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । हाल देशमा पश्चिमी  वायुको सामान्य प्रभाव रहेको छ। आज कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।  

दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेश, गण्डकी  प्रदेश र  कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

 राति भने कोशी प्रदेश, गण्डकी  प्रदेश र  कर्णाली  प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक  बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।  

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

साथै बिहानीपख तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Copyright © 2024 | All rights reserved.