बैशाख ०४, २०८२, बिहीबार

अर्थमन्त्री पौडेल र मेयर आचार्य आइसीयूमा


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । पर्यटन राजधानी पोखरामा आन्तरिक तथा बाह्य गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ घोषणा गर्न लागिएको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक समारोहका क्रममा भएको दुर्घटनामा परी उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र  नगर प्रमुख धनराज आचार्य घाइते भएका छन् ।

उनीहरू दुवै जनाको काठमाडौँ कीर्तिपुर स्थित बर्न (जलन सम्बन्धी उपचार हुने) अस्पतालको सधन उपचार कक्ष (आइसीयू) मा उपचार भइरहेको छ ।

दुवै जनाको अनुहार र आसपासमा ५/६ प्रतिशत जलेको र श्वास नली र फोक्सोमा समेत असर देखिन सक्ने सम्भावनालाई मध्यनजर गरी उच्च निगरानीमा उपचार थालिएको अस्पतालले जानकारी गराएको छ ।

सधन उपचार कक्षका प्रा.डा वि.डी झा, डा. प्रवीण गिरी, जलन विशेषज्ञ प्रा.डा शङ्करमान राई, डा. विशाल कार्की, डा. मनिष यादव, आकस्मिक उपचार टोलीका डा. प्रयुस अर्याल, नर्सिङ टोली रिना गौचन, निर्मला कुँवर र तृष्णा महर्जनलगायतको टोली घाइते मन्त्री र प्रमुख ज्युको उपचारमा संलग्न छ ।

Copyright © 2024 | All rights reserved.