जेठ २३, २०८२, बिहीबार

गायिका समीक्षा अधिकारी जन्मभूमिमा सम्मानित


Advertisement Image
clock icon 3 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ९ सिधिङमा चर्चित गायिका समीक्षा अधिकारीलाई सम्मान गरिएको छ । सिधिङ युनाइटेड युथ क्लबद्वारा आयोजित साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको अवसरमा अधिकारीलाई सम्मान गरिएको हो ।

नेपाली गीत सङ्गीतको माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा आफ्नो अलगै पहिचान बनाउन सफल भएकामा उनलाइ सम्मान गरिएको बताइएको छ । गायिका अधिकारी माछापुच्छ्रे गाउँपालिका वडा नं ९ मा जन्मिएकी हुन् । प्रतियोगितामा गायिका अधिकारीले आफ्नो प्रस्तुतिसमेत राखेकी थिइन् ।

माछापुच्छ्रे गाउँपालिका वडा नं ९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र)का अनुसार गायिका अधिकारी सानै उमेरमा छोटो समयमा कलाकारिता क्षेत्रमा उच्च स्थान हासिल गर्न सफल भएकी एक अब्बल, निडर र साहसी कलाकार हुन् ।

उनले भने, ‘उनी जहाँजहाँ पुग्छिन् त्यो ठाउँमा समग्र माछापुच्छ्रे गाउँपालिकाको प्रतिनिधित्व भएको हामीले महसुस गरेका छौँ, माछापुच्छ्रे गाउँपालिकाको मात्रै नभएर अहिले समीक्षाको प्रस्तुतिले सिँगो देशकै कलाकारिता क्षेत्रको स्थान उच्च भएको छ ।’

उनले थपे, ‘कलाकार देशका गहना हुन्, राष्ट्रलाई देश तथा विदेशमा चिनाउन कलाकारले अहम् भूमिका खेलेको हुन्छ, राष्ट्रले कलाकारको महत्व बुझ्न सकेको छैन, जसका कारण अधिकांश कलाकार विदेशिन बाध्य छन् ।’

गायिका अधिकारीले गायनको शिलशिलामा आफू जहाँ भए पनि, जहाँ गए पनि आफ्नो जन्मभूमिको माया आफूलाई सधैँ रहिरहने बताइन् ।

सिधिङ क्षेत्रमा शनिबार दिनभरको वर्षाको बीच पनि पाँच सेट भलिबल खेल र समीक्षाको प्रस्तुतिमा दर्शकले भरपुर मनोरञ्जन लिएको क्लब अध्यक्ष शुकबहादुर तामाङले बताए ।

प्रतियोगितामा प्रथम हुनेले नगद ८५ हजार, द्वितीयले ५० हजार र तृतीयले ३० हजार र सान्त्वना हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने खेल संयोजक याम क्षेत्री जानकारी दिए ।

यस्तै भेट्रान्स भलिबलतर्फ विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने संयोजक क्षेत्रले बताए । प्रतियोगिता समापन सोमबार हुनेछ ।

Copyright © 2024 | All rights reserved.