0
प्रतिक्रिया
पोखरा । पोखराको पूरानो संस्था सिद्धार्थ क्लबले मानवअधिकारचोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ युनिट रगत संकलन भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै पोखरा-४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले रक्तदान जत्तिको महत्वपूर्ण दान अन्य हुन नसक्ने बताए ।
क्लबका सबै गतिविधि उत्कृष्ट रहेको भन्दै उनले आगामी दिनमा आफूले के सहयोग गर्न सकिन्छ त्यसका लागि तयार रहेको स्पष्ट पारे ।
वडासदस्य तथा सल्लाहकार समिति संयोजक पार्वती माकाजूले मानवीय सेवा भावसहित घुम्ती रक्तदान गर्दै रक्तदान कार्य सुरु गरेको संस्थाले अन्य धेरै संघसंस्थालाई रक्तदान गर्न प्रेरित गरेको दावी गरिन् ।
समाजमा रगतको आवश्यकता भएको बेला रगत अभावकै कारणले हुन सक्ने मानवीय क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्य राखी क्लबले स्थापनाकालदेखि नै नियमित तथा आकस्मिक रक्तदान कार्यक्रम गर्ने गरेको छ ।
क्लब अध्यक्ष देवेन्द्र पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक सुनिल श्रेष्ठले र सचिव प्रमोद नारायण श्रेष्ठले सञ्चालन गरेका थिए ।
प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्राविधिक सहयोगमा कार्यक्रम भएको क्लबले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.