0
प्रतिक्रिया
पोखरा । पोखरास्थित थोक व्यवसायी समिति कास्कीको अध्यक्षमा उषा तिमिल्सिना सुवेदी निर्वाचित भएकी छन् ।
संस्थाको सातौँ साधारणसभा तथा चौथो अधिवेशनले सुवेदीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको प्रथम उपाध्यक्षमा मिरोज नारायण जोशी, द्वितीय उपाध्यक्षमा श्याम कुँवर, महासचिवमा शम्भुनाथ योगी, सचिवमा रुद्रबहादुर बस्नेत र कोषाध्यक्षमा मोहन अधिकारी छन् ।
कार्यसमिति सदस्यमा भगवती बानियाँ केसी, यामबहादुर गुरुङ, रजनी चापाईँ र श्रीधर अधिकारी छन् ।
नवनिर्वाचित अध्यक्ष सुवेदीलाई संस्थाको गरिमालाई थप उचाईमा पुर्याउने गरी काम गर्ने प्रतिवद्धता जनाइन् ।
साथै उनले संस्थामा सबै थोक व्यवसायी एकतावद्ध र गोलवन्द हुन आवश्यक रहेको स्पष्ट पारिन् ।
Copyright © 2024 | All rights reserved.