बैशाख ०४, २०८२, बिहीबार

बिरेठाँटी माविमा विद्यार्थीका प्रतिभा प्रदर्शनी


Advertisement Image
clock icon 1 month, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ स्थित बिरेठाँटी माविमा विद्यार्थीको प्रतिभा प्रदर्शनी एवं अतिथि स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्राविधिक धार कम्प्यूटर इन्जिनियरिङतर्फ कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले रोवोटिक्स, विज्ञान तथा प्रविधिसम्बन्धी विभिन्न परियोजना प्रदर्शन गरेका थिए ।

साथै सोही अवसरमा विद्यार्थीले सांस्कृतिक तथा सांगीतिक कार्यक्रम प्रस्तुत र नृत्य प्रदर्शन गरेका थिए ।

यस्तै प्रशिक्षक वोधराज गिरीको सहजीकरणमा विद्यार्थीले तेक्वान्दो खेलको डेमोस्ट्रेशनसमेत गरेका थिए ।

कार्यक्रममा अमङ्गील हुमन फाउन्डेशन क्याप्टेन अमङ्गीलले कपी, टिसर्ट, भलिबल फुटवल वितरण गरेका थिए ।

उनले विद्यार्थीबाट निर्मित हस्तकला, विज्ञान प्रविधिसम्वन्धी परियोजना तेक्वान्दो तथा सांस्कृतिक प्रस्तुतिको प्रशंसा गरे ।

कार्यक्रममा वडाध्यक्ष विजय गुरुङले सरकारका काममा भवन निर्माणलगायत विभिन्न पक्षमा फाउन्डेशनले सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिल्लीराज जैसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक हिमलाल न्यौपानेले स्वागत र सहायक प्रधानाध्यापक गणेशप्रसाद रिमालले सञ्चालन गरेका थिए ।

Copyright © 2024 | All rights reserved.