बैशाख ०४, २०८२, बिहीबार

कोटीहोम रोक्न परेको रिटमा कारण देखाउ आदेश


Advertisement Image
clock icon 1 month, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । उच्च अदालत पोखराले पोखरामा हुने भनिएको कोटीहोम रोक्न परेको रिटमा कारण देखाऊ आदेश दिएको छ । उच्चका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले उक्त रिटमा कारण देखाऊ आदेश दिएको हाे ।

कोटीहोम रोक्न माग गर्दै अधिवक्ता भगवती पहारी, मीनाकुमारी रानाभाट र गीता आचार्यले यही फागुन २ गते उच्चमा रिट निवेदन दिएका थिए ।

रिटमा महायज्ञ आयोजक मानव सेवा फाउन्डेसन, पोखरा महानगरपालिका, पोखरा-६, १३ र १४ को वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय कास्की, नेपाल ट्रस्टको कार्यालय र पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयसहितलाई विपक्षी बनाइएको छ ।

फेवातालको सिमसार क्षेत्रमा कोटीहोम गर्न नहुने तथा वर, पीपल, शमी जातका चौतारीका रुख कटान गर्नेविरुद्ध कानूनी कारबाहीको माग गरिएकाे छ ।

कोटीहोमका लागि भन्दै मानव सेवा फाउण्डेशले चौतारीका रुख काटेपछि विवाद शुरु भएको थियो । पोखरा महानगरपालिकाको कोटीहोम गर्न नदिने र आयोजकको गरेरै छाड्ने अडान कायमै छ । 

फाउण्डेशनले आगामी २०८१ चैत्र १७ बाट २०८२ बैशाख १७ सम्म कोटीहोमको प्रचारात्मक कार्यक्रम हुने र बैशाख १७ देखि जेठ २६ सम्म कोटीहोम हुने जनाएको छ । कोटीहोमको तयारी ७० प्रतिशत पूरा भएको जनाएको छ ।

Copyright © 2024 | All rights reserved.