0
प्रतिक्रिया
पोखरा । पोखराको फिर्केमा आज बिहान जीपले स्कुटरलाई ठक्कर दिँला एक महिलाको ज्यान गएको छ भने स्कुटर चालक गम्भीर घाइते भएका छन् ।
सर्जनाचोबाट जिरोकिमीतर्फ जाँदै गरेको ग३च८९७७ नम्बरको जीपले जिरोकिमीबाट सिर्जनाचोकतर्फ आउँदै गरेको ग१३प ३२०६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी महानगरपालिका वडा नं ११ की ५६ वर्षीया माया गुरुङको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सोही दुर्घटनामा घाइते भएका २६ वर्षीय मनोज गुरुङको अवस्था गम्भीर छ । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा सडक किनारमा रोकिराखेको ग७प ५२७४ नम्बरको स्कुटरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।
जीप चालक स्याङ्जाका २५ वर्षीय निर्मल गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.