0
प्रतिक्रिया
पोखरा । पोखराका नगर प्रमुख धनराज आचार्य अस्प्तालबाट डिस्चार्ज भएका छन् । ‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा समारोहको उद्घाटन पश्चात् बेलुन उँडाउने क्रममा विस्फोट भई जलेर मेयर आचार्य र सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेल घाइते भएका थिए ।
घाइते मेयर आचार्य र अर्थमन्त्री पौडेलको उपचार काठमाडौैँको कीर्तिपुर अस्पतालमा भएको थियो । अर्थमन्त्री पौडेल भने तीन दिनअघि नै अस्पतालबाट डिस्चार्ज भएका थिए ।
आफू घाइते भएपछि उपचारमा संलग्न, स्वास्थ्य लाभको कामना गर्दै आत्मीय स्नेह, आशीर्वाद, र हौसला प्रदान गर्ने सबैप्रति मेयर आचार्यले आभार व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘कठिन घडीमा तपाईंहरूको सद्भाव, मायालु सन्देश, र मनोबल प्रदान गर्ने शुभेच्छा मेरा लागि अत्यन्त प्रेरणादायी रहेका छन् ।’
साथै उनले ‘समृद्ध पोखराको आधार, सबल अर्थतन्त्र र पूर्वाधार’ को लक्ष्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन सबैको साथ, सहयोग र सुझाव सधैं अपेक्षित रहने उल्लेख गरेका छन् ।
Copyright © 2024 | All rights reserved.