0
प्रतिक्रिया
पोखरा । पोखरा विश्वविद्यालयका सात हजार आठ सय ७२ विद्यार्थी दीक्षित भएका छन् ।
विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले उनीहरुलाई दीक्षित एवं पुरस्कृत गरेका हुन् ।
दीक्षान्त समारोहमा ३० जनाले उत्कृष्ट पदक प्राप्त गरेका छन् ।
१९औँ दीक्षान्त समारोहभन्दा यसपटक आठ सय ७१ विद्यार्थी बढी दीक्षित भएका परीक्षा नियन्त्रक डा. तुलसी भण्डारीले जानकारी दिए ।
सङ्कायगत रुपमा मानविकी तथा समाजशास्त्रतर्फ एक सय ६८, विज्ञान तथा प्रविधि सङ्कायतर्फ दुई हजार छ सय ७९, स्वास्थ्य विज्ञान सङ्कायतर्फ आठ सय ८३ तथा व्यवस्थापन सङ्कायतर्फ चार हजार एक सय ४२ विद्यार्थी दीक्षित भएका बताइएको छ ।
Copyright © 2024 | All rights reserved.