0
प्रतिक्रिया
पोखरा । समुदाय-प्रहरी साँझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरको आयोजनामा गरेको २२औँ खुला रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको छ ।
वडा प्रहरी कार्यालय बगर, नेपाल रेडक्रस सोसाइटी उपशाखा-१ पोखरा महानगरपालिका वडा नं. १, २, ३, ४, १६ र १९ को सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला प्रहरी कास्कीका प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरका उपाध्यक्ष दुर्गादत्त भुगाइँलाई व्लडव्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
प्रहरी उपरीक्षक ओलियाले जनताको स्वास्थ्य र सुरक्षामा सामुदायिक प्रहरी सेवाको योगदान प्रशंसनीय रहेको बताए ।
कार्यक्रम संयोजक चित्रबहादुर थापाले आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गरे ।
कार्यक्रममा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको १०औँ अधिवेशनबाट निर्वाचित अध्यक्ष भीम पराजुलीलगायतलाई बधाई ज्ञापन तथा सफल कार्यकालको शुभकामना व्यक्त गएिको थियो ।
कार्यक्रममा पोखरा १ का अध्यक्ष साहारा प्रधान, पाेखरा-१९ का अध्यक्ष पुष्पेन्द्र पाण्डे, पाेखरा-१६ का अध्यक्ष अमृत तिमिल्सिना, वडा प्रहरी कार्यालय बगर प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराई, सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयका अध्यक्ष भीम पराजुली, संस्थाका सल्लाहकार तथा सामुदायिक सेवा जिल्ला समन्वयका वरिष्ठ उपाध्यक्ष मनपती भण्डारी, निवर्तमान अध्यक्ष रामभूषण पराजुली, नेपाल रेडक्रस सोसाईटी उपशाखा-१ बगरका सभापती जीवन अधिकारी, सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुर बराल, नेपाल रेडक्रस सोसाईटी रक्त संचार प्राविधिक सुनिता लम्साल, लागुऔषध नियन्त्रण समाज सुधार आमा समूह नेपालकी अध्यक्ष कल्पना आचार्य बास्तोला, विन्ध्यवासिनी हरिचोक टोल विकास संस्थाका अध्यक्ष बलराम भण्डारी लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षता भएको कार्यक्रममा उपाध्यक्ष दुर्गादत्त भुगाईले स्वागत र सचिव कृष्ण तामाङले सञ्चालन गरेका थिए ।
Copyright © 2024 | All rights reserved.