0
प्रतिक्रिया
पोखरा । कास्की प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले बिहीबार उनीहरुलाई पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका वडा नं १४ खाल्टे मसिनास्थित पार्किङ गरिराखेको ल२च १५०९ नम्बरको बोलेरो जीप चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
जीपमा लुकाईछिपाई राखिएको अवस्थामा डाइजेपाम दुई सय ६४ एम्पुल, बुर्फिननुर्फिन दुई सय ६३ एम्पुल र फेनारगन दुई सय ६५ एम्पुल लागऔषध र पाँच थान मोबाइल बरामद भएको डीएसपी शर्माले जानकारी दिए । मंगलम कृषि फार्मको कम्पाउण्ड भित्र पार्किङमा राखिएको जीपसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा जीपसहित चालक जिल्ला नवलपरासी पाल्हीनन्दन गाउँपालिका वडा नं ६ का ३७ वर्षीय राजेश सैथवार, रामग्राम नगरपालिका वडा नं. १२ का २८ बषीैय संसद अन्सारी र सरावल गाउँपालिका वडा नं. २ का २४ बर्षीय प्रेमसागर यादव छन् ।
उनीहरु विरुद्ध कास्की जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.