बैशाख ०४, २०८२, बिहीबार

प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यको ९५ वर्षको उमेरमा निधन


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यको ९५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि स्वासप्रस्वास रोगबाट पीडित आचार्यको शनिबार बिहान करिब ७ मा आफ्नै निवास पोखरा महानगरपालिका वडा नं १७ विरौटामा ९५ वर्षको उमेरमा निधन भएको हो ।

उनका पत्नीको यस अघि नै निधन भइसकेको छ । उनका पाँच छोरा र पाँच छोरी छन् । उनको आजै १२ बजे तुलसीघाटमा अन्तिम संस्कार हुने बताइएको छ

उनले पोखराको धार्मिक तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिएका छन् । उनी २०२१ सालमा पोखरा ९, २०२४ मा वडा नं. १७ को वडाध्यक्ष, २०२५ सालमा कास्की जिल्ला पञ्चायत सदस्यमा निर्वाचित भए । यस्तै २०५८ सालमा छोरेपाटनस्थित गुप्तेश्वर गुफा व्यवस्थापन समितिको अध्यक्षसमेत बनेर काम गरेका थिए ।

Copyright © 2024 | All rights reserved.