बैशाख ०४, २०८२, बिहीबार

काठमाडाैँ हेरिटेज र चेन्नई मेराकी रोटरीबीच भागिनी क्लब सम्झौता


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । रोटरी क्लब अफ काठमाडौँ हेरिटेज र रोटरी क्लब अफ चेन्नई मेराकी बीच भागिनी क्लब सम्झौता भएको छ । रोटरी क्लब अफ काठमाडौँ हेरिटेजको ‘चार्टड डे’ को अवसरमा आयोजित कार्यक्रममा दुई क्लब बीच एकापसमा सहयोग तथा सहकार्य गर्ने बिषयमा सम्झौता भएको हो ।

सम्झौतापत्रमा रोटरी क्लब अफ काठमाडौँ हेरिटेजका अध्यक्ष हेमाकुमारी अधिकारी र रोटरी क्लब अब चेन्नई मेराकीका अध्यक्ष साराभाना सेल्भीले हस्ताक्षर गरे ।

कार्यक्रकममा रोटरी क्लब डिष्ट्रिक ३२९२ का गभर्नर राजेन्द्रमान शेरचन, फर्स्ट लेडी सरोजिनी शेरचन, निवर्तमान गभर्नर राजेन्द्र ध्वजु, पूर्वगभर्नर जया राज्यलक्ष्मी शाह, गभर्नर ईलेक्ट बिष्णुबहादुर कार्कीलगायत विभिन्न डिष्ट्रिकका लिडर सहभागी थिए ।

कार्यक्रममा रोटरी क्लब अब चेन्नई मेराकीका अध्यक्ष साराभाना सेल्भी, कार र्‍याली कोअर्डिनेटर कोथाङगी सुचित्रा र कार र्‍याली चेयरम्यान शिवाबाला राजेन्द्रन तथा बिभिन्न क्लबका अध्यक्ष सहभागी थिए ।

कार्यक्रमको संयोजक काठमाडौं हेरिटेजका प्रेसिडेन्ट ईलेक्ट कृष्णप्रसाद शर्माले गरेका थिए भने क्लबका सचिब डा. बुद्धि मल्लले सञ्चालन गरेका थिए ।

उक्त अवसरमा विभिन्न लेख रचना तथा क्लबका गतिविधि समावेश गरिएको काठमाडौँ हेरिटेजको स्मारिका विमोचनसमेत गरिएको थियो ।

चार्टर डेको औपचारिक कार्यक्रम समापनपछि प्लान्टेशन ड्राईभ भन्ने नाराका बबरमहलबाट गोकार्णेश्वरसम्म कार र्‍याली गरिएको थियो भने रोटरी क्लब अफ गोकर्णेश्वरको समेत सहभागितामा राष्ट्रिय सहिद तथा शान्ति पार्क गोकर्णेश्वरमा बृक्षरोपण गरिएको सचिव मल्लले बताए ।

रोटरी क्लब अफ चेन्नई मेराकीका तीन जना सदस्य १४ फेब्रुअरीमा भारतको चेन्नईदेखि वातावरण सम्बन्धित जनचेतना जगाउने उद्देश्यका साथ प्लान्टेशन ड्राईभको नारा लिएर नेपाल भ्रमणमा आएका थिए ।

काठमाडौं हेरिटेजले पनि वातावरण संरक्षणलाई प्राथमिकतामा राखेकोले दुई क्लब बीच भागिनी क्लब सम्झौता भएको मल्लले जानकारी दिए ।

Copyright © 2024 | All rights reserved.