बैशाख ०४, २०८२, बिहीबार

पोखरामा लायन्सकाे रिजन सम्मेलन


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एम’ अन्तर्गतको रिजन सम्मेलन पोखरामा सम्पन्न भएको छ । लायन्सलाई समाजसँग जोड्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलन उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले लायन्सको सिद्धान्त अनुकरणीय र उदाहरणीय रहेको बताएका छन् ।

लायन्सको सिद्धान्त व्यक्तिगत र विभिन्न संघसंस्थामा अनुशरण गर्न सकेमात्र हाम्रो उद्देश्य पूरा हुने उनले स्पष्ट पारे । समाजले लायन्सलाई राम्रैसँग हेरेको भन्दै उनले हामीले हाम्रो वास्तविक जीवन बुझ्न आवश्यक रहेको बताए ।

पेट भोको राखेर मन्दिरमा लगेर जति दान गरे पनि केही नहुने भन्दै उनले मानवको सेवा गर्न लायन्सबाट सिक्नुपर्नेमा जोड दिए ।

पोखरा उपत्यका नगर विकास समिति पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेले लायन्स समाज परिवर्तनको संवाहक भएको बताए । लायन्सले विशेषगरी ग्रामीण क्षेत्रमा स्वास्थ्य र शिक्षामा गरेको योगदान निकै महत्वपूर्ण रहेको उनले बताए ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एम’ का क्याविनेट सेक्रेटरी शिवराज आचार्यले लायन्सले शिक्षा, स्वास्थ्यसँगै युवा र स्वरोजगार लक्षित कार्यक्रम गरिरहेको बताए । साथै लायन्सले संसारभरका मानिसको मनसँग मन जोड्ने प्रयास गरिरहेको उल्लेख गरे ।

कलष्टर १ का कलष्टर चिफ लक्ष्मण तिमिल्सिनाले लायन्सलाई समाजसँग जोड्नका लागि कार्यक्रम आयोजना गरिएको बताए । कुनै न कुनै तवरले समाज सेवामा जोडिनका लागि पनि लायन्समार्फत अघि बढेको उनले बताए ।

धेरै स्वास्थ्य र शैक्षिक संस्थामा लायन्स जोडिएको भन्दै उनले लायन्स सेवाभावले नै अघि बढिरहेको बताए । लायन्सका पछाडि केही आरोप लाग्ने गरे पनि ति आरोपमा सत्यता नभएको उनले स्पष्ट पारे ।

पोखरा प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति पद्मराज ढकाल र पोखरा महानगरपालिका सहकारी समितिका पूर्वअध्यक्ष तेजनारायण अधिकारीले लायन्सले समाज र मानवसेवामा खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

साथै सहभागीमध्ये महेन्द्र दाहाल र कपील शर्माले लायन्सका बारेमा जिज्ञाशा राखेका थिए ।

कार्यक्रममा जनस्वास्थ्य अभियान्ता अनील अधिकारी, हास्यव्यंग्य कलाकार युवराज भण्डारी, खेलकुदतर्फ भूगोल गुरुङ र अधिवक्ता माधवी पाण्डे पन्तलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वद्वय भण्डारी र पन्तले पनि लायन्सको गतिविधिबारे चर्चा गरेका थिए ।

रिजन १ का चियर पर्सन लक्ष्मी कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा रिजन ३ का चियर पर्सन युवराज पौडेलले स्वागत, रिजन २ का चियर पर्सन फडिन्द्र शर्माले धन्यवाद ज्ञापन र जोन २ की चियर पर्सन सम्झना रानाभाटले सञ्चालन गरेकी थिइन् ।

Copyright © 2024 | All rights reserved.