बैशाख ०४, २०८२, बिहीबार

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै आज छापावाला सुन तोलाको मूल्य एक लाख ७० हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य गत शुक्रबार तोलाको एक लाख ७० हजार रुपैयाँ थियो ।

यता, आज असली चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ ।

मूल्य घटेसँगै चाँदीको बजार भाउ आज एक हजार नौ सय ७० रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ शुक्रबार एक हजार नौ सय ९० रुपैयाँ थियो । 

Copyright © 2024 | All rights reserved.