0
प्रतिक्रिया
पोखरा । लमजुङमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ ।
आज बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका वडा नं २ घनपोखरास्थित खुदीखोला आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको बताइएको छ ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार तीन दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का छिमेकी जिल्ला मुस्ताङ, गोरखा र तनहुँमा पनि महसुस गरिएको छ ।
Copyright © 2024 | All rights reserved.