बैशाख ०४, २०८२, बिहीबार

इन्जिनियरका लागि व्यवसायिक कार्यशाला


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकी प्रदेश र बर्जर्स पेन्ट्सको साँझेदारीमा इन्जिनियरलाई लक्षित गरी आयोजित व्यवसायिक कार्यशाला सम्पन्न भएको छ।

यही फागुन ९ र १० गते युएभी फोटो मापन विधि तथा जीएनएसएस प्रयोग गरी भूमि सर्वेक्षणका लागि व्यवसायिक प्रशिक्षण सञ्चालन गरिएको थियो भने फागुन ११ र १२ गते सिभिल इन्जिनियर तथा आर्किटेक्चर अन्तिम वर्षका विद्यार्थीका लागि कार्यशाला पोखरा इन्जिनियरिङ्ग कलेजमा भएकाे हाे ।

कार्यक्रम सोसाइटी अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सिज पोखरा (सेकोन), नेपाल भ्यालुयर्स एसोसिएसन गण्डकी प्रदेश, सोसाइटी अफ नेपाली आर्किटेक्टस् (सोना), संघीय आयोजना कार्यान्वयन इकाई कास्की, नेपाल विद्युत् प्राधिकरण कास्की र नापी कार्यालय कास्कीको प्राविधिक सहयोग तथा गण्डकी जीआई वारको आर्थिक सहयोगमा आयोजना गरिएको थियो।

कार्यशाला समापनमा एशोसिएसनका अध्यक्ष ई. सन्तोष जिसीले विद्यार्थीलाई नगरपालिका नियमावली, घरायसी विद्युत् सुरक्षा, सम्पत्ति मूल्याङ्कन, सरकारी रङ कोड तथा भूमि सर्वेक्षणसम्बन्धी कार्यशालाले उनीहरूको सीप अभिवृद्धि गर्न मद्दत गर्ने बताए।

कार्यक्रममा बर्जर्स पेन्ट्सका प्रतिनिधि विजय सुवेदीले पेन्ट्स तथा सरकारी रङ कोडबारे जानकारी गराएका थिए।

त्यस्तै, नगरपालिका नियमावली सम्बन्धमा ई. किसान सिंह गुरुङ, सम्पत्ति मूल्याङ्कन सम्बन्धमा ई. राजेश भट्टराई, घरायसी विद्युत् सुरक्षा सम्बन्धमा ई. अजेश अखेली तथा नेपालमा वास्तुकलाको महत्त्वबारे आर्किटेक्ट लुना थापाले प्रशिक्षण प्रदान गरेका थिए । साथै युएभी फोटो मापन विधि तथा जीएनएसएस प्रयोग गरी भूमि सर्वेक्षण सम्बन्धमा ई. सूर्य अधिकारीले प्रशिक्षण दिएका थिए।

कार्यक्रममा उपाध्यक्ष ई. विशाल थापा, सदस्य ई. महेन्द्र पौडेल, ई. संजयराज तिमिल्सिना, ई. मनोज गिरी, ई. निरोज घिमिरे, ई. रोचक क्षेत्रीलगायतले बाेलेका थिए।

एशोसिएसनका अध्यक्ष ई. सन्तोष जिसीको अध्यक्षतामा, सचिव ई. निरोज लामिछानेकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा पोखरा इन्जिनियरिङ्ग कलेज, पश्चिमाञ्चल क्याम्पस र स्कूल अफ इन्जिनियरिङ्ग पोखरा विश्वविद्यालयका ६० भन्दा बढी विद्यार्थीको सहभागिता रहेकाे सदस्य ई. महेन्द्र पौडेलले जानकारी दिए।

Copyright © 2024 | All rights reserved.