0
प्रतिक्रिया
पोखरा । म्याग्दीमा ‘इको भ्यान’ दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका वडा नं ४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता) छन् ।
सो दुर्घटनामा रुपा पुन, नमिता चोचाङ्गी र विष्णुकुमारी बुढाथोकी घाइते भएको र उनीहरुलाई उपचारका लागि पोखरा ल्याइएको छ । भ्यानमा सवार व्यक्तिहरु मन्दिर दर्शनका लागि हिंडेको बताइएको छ ।
बेनी-जोमसोम-कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका-३ को सुकेबगरदेखि नारच्याङतर्फ जादै गरेको बा६च ४९४४ नम्बरको इकोभ्यान सडकबाट कालीगण्डकी नदीको किनारमा खसेको म्याग्दी प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.