0
प्रतिक्रिया
लेखनाथ । प्रवासी नेपाली मञ्च स्पेनले पोखरा-२६ को ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई आर्थिक सहयोग गरेको छ ।
रोजगारीका लागि छोराछोरी विदेशिने राष्ट्रिय समस्यालाई ध्यानमा राख्दै प्रवासी नेपाली मञ्च स्पेनले पोखरा २६ को तालवेसीमा स्थापना गरिएको जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई एक लाख सहयोग गरेको हो ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष केदारनाथ ढुंगाना र प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रियका सदस्य शिवकुमार बरुवालले पोखरा २६ का अध्यक्ष नरेन्द्र थापा र तालवेशी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष बद्रीनाथ ढुंगानालाई रकम हस्तान्तरण गरे ।
कार्यक्रममा वडाअध्यक्ष नरेन्द्र थापाले आफू जनप्रतिनिधि भएको पहिलो निर्णय ज्येष्ठ नागरिक र गरिव तथा विपन्न सुत्केरी महिलाका हितमा काम गर्ने प्रतिवद्धतालाई सार्थक रुप दिने बताए । ज्येष्ठ नागरिक जिउँदो ईतिहास भएकाले उनीहरुको अनुभवबाट हामीले नयाँ कुरा सिक्न सक्ने धारणा राखे ।
वडाको विकास भनेको बाटो, पुल, कुलेसा मात्र नभई सामाजिक परिवर्तन लागि सकरात्मक शन्देस दिने खालका काम गर्नु पनि विकास भएकाले हाम्रो वडालाई समृद्ध वडा बनाउदै सिंगो महानगरपालिका भित्र रचनात्मक काम गरेर नगरवासीमा हासो, खुसी र समृद्धि आउनु पर्छ उनको सुझाव थियो ।
सोही अवसरमा प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष केदारनाथ ढुगानाले रोजगारी र आफना भावी सन्ततीका लागि विदेशीनु रहर नभई वाध्यता भएकाले आफूहरु विदेशमा भए पनि मन,मुटु र भावना स्वदेश प्रति रहिरहने भएकाले प्रवासी नेपालीले काढी पहिरादेखि आर्थिक विपतमा परेका जुनसुकै वर्ग र समुदायलाई सहयोग गर्दै कोभिड महामारीका समयमा पोखरामा अक्सिजन प्लान्ट स्थापनामा पनि सहयोग गर्दै आएको र आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्दै जाने विश्वास दिलाएका थिए ।
साथै उनले बिदेशमा १८ वर्ष बिताउँदा पनि नेपालमा रहदाको अनुभव र यहाँका हरेक वारी र टारीका भु–भागको सम्झना मानसपटलमा सृजित भईरहने बताउदै यो सहयोग होईन यो त माया र प्रेम साटा साट मात्र भएको बताएका थिए ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रियका सदस्य तथा वेल्जीमका पुर्व अध्यक्ष शिव कुमार बरुवालले बिदेशमा रहेका हरेक नेपालीले आफनो जन्मभूमीको मायाको लागि एकतावद्ध भएर सहयोग गर्दै आएको वताएका थिए भने नेपाल पत्रकार महासंघकी पुर्व केन्द्रिय सदस्य सुष्मा पौडेलले शिव महिमा र हिन्दु सस्कारका वारेमा जानकारी गराएकी थिईन् ।
जागरुक नागरिक समाजका अध्यक्ष रामहरि ढुंगानाले जुन काम सुरु गरिन्छ त्यसलाई निरन्तरता दिनु ठुलो विषय भएको बताएका थिए भने पत्रकार कमल पौडेल अथकले कमाउन सक्ने युवा जती विदेशमा रहने र स्वदेशमा बृद्ध वुवा आमा र नेता भनाउदाहरु मात्र रहने राष्ट्रिय समस्याका बारेमा चिन्ता जाहेर गरेका थिए ।
तालवेशी जेष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष वद्रिनाथ ढुगानाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी राखी उपशाखाकी उप सभापति प्रमिला बराल,शान्ति प्रेमी आमा समुहकी अध्यक्ष मिरा भण्डरी लगाएतले अव हरेक टोल टोलमा जेष्ठ नागरिक दिवा सेवा केन्द्र राख्नु पर्ने आवस्यकता औल्याएका थिए ।
सेवा केन्द्रका अध्यक्ष बद्रीनाथ ढुंगानाले जेष्ठ नागरिक दिवा सेवा केन्द्र किन स्थापना गरियो र यसको मुख्य आवस्यता के हो त भन्ने बारेमा प्रकाश पारेको कार्यक्रमको संचालन सेवा केन्द्रका सचिव विचित्रनाथ ढुंगानाले गरेका थिए ।
Copyright © 2024 | All rights reserved.