बैशाख ०४, २०८२, बिहीबार

आज पोखरासहित देशभरको मौसम सफा रहने


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जसकाे प्रभावले आज पोखरासहित देशभर नै हल्कादेखि मध्यम खालको वर्षा सम्भावना रहेको विभागले जनाएको छ ।

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । साथै आज राती कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । 

आगामी २४ घण्टासम्म नेपालमा वर्षा-हिमापत गराउने प्रणाली छैन । साथै मौसमसम्बन्धी अद्यावधिक जानकारी लिएर मात्र योजना बनाउन विभागले अनुरोध गरेको छ । 

Copyright © 2024 | All rights reserved.