बैशाख ०४, २०८२, बिहीबार

बेगनासस्थित आनन्द ज्योति माविको ५२औँ वार्षिकोत्सव


Advertisement Image
clock icon 1 month, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ३१ बेगनासस्थित आनन्द ज्योति माध्यमिक विद्यालयको ५२औँ वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा-३१ का वडाध्यक्ष ढकनाथ कंडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न राज्यले विशेष पहल गरिरहेको बताए ।

उनले शैक्षिक गुणस्तर उकास्न अभिभावकको भूमिका पनि महत्वपूर्ण हुने भन्दै विद्यालयप्रति चासो बढाइदिन अभिभावक र सरोकारवालालाई आग्रह गरे ।

वडा सदस्य देवेन्द्रराज अधिकारीले राज्यको ठूलो लगानी रहेको सामुदायिक विद्यालयलाई विश्वास गरेर अभिभावकले पनि आफ्ना बच्चालाई निजीमा भन्दा सामुदायिक विद्यालयमा पढाउन जोड गर्नुपर्ने बताए ।

कमि कमजोरी भए सुधार गर्न सबै लाग्ने हो भने निजीमा भन्दा पनि सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिन सकिने उनको भनाइ थियो ।

कार्यक्रममा इलाभेन नेपालका प्रतिनिधि दाने मथर, भूपू विद्यार्थी मञ्चका अध्यक्ष विकासप्रसाद कंडेल, विद्यालय व्यवस्थापन समिति सदस्य ध्रुवराज अधिकारी, पूर्वअध्यक्षहरु रुद्रनाथ अधिकारी र केदारनाथ अधिकारी, शिक्षा समिति पोखरा-३१ का सदस्य ध्रुवराज अधिकारीलगायतले बोलेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तीर्थराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रध्यानाध्यापक शिवराज अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत, कक्षा ११ र १२ का संयोजक सत्यराज कंडेलले स्वागत र शिक्षक वसन्त पहारीले सञ्चालन गरेका थिए ।

कार्यक्रममा शिक्षक शुक्रराज अधिकारी, पुष्पराज पौडेल, गङ्गाराम रानाभाट, कमला शर्मा रेग्मी र मुना तिवारीलाई उत्कृष्ट वर्ष शिक्षक, चन्दादाता सुशील अधिकारी, रोशनराज तिवारी, विकासप्रसाद कंडेल, पूर्णदीप कंडेल, सवेदार कृष्णबहादुर गायक, बलराम अधिकारी, महेन्द्री अधिकारी, नवीन रेग्मी, प्रतीक्षा खत्री, सविन तिवारी, सविना बास्तोला, सुवास ढकाल र अन्जन नेपालीलाई सम्मान गरिएको थियो ।

साथै कक्षा नर्सरी देखि कक्षा १२ सम्मका शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । सो अवसरमा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.