0
प्रतिक्रिया
पोखरा। गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिको समन्वयमा गण्डकी प्रदेशका ११ जिल्लाका पदाधिकारी तथा सदस्यका लागि दुई दिने क्षमता विकास तालिम शुरु भएको छ ।
तालिमको जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष लीलाधर पौडेलले उद्घाटन गरेका थिए ।
पौडेलले समन्वय र अनुगमनलाई थप सहयोग र सहजीकरणसहित क्षमता विकास गर्ने उद्देश्यले विगत तीन बर्षदेखि लगातार तालिम आयोजना गरिएको भन्दै प्रभावकारी र सक्रियताका साथ सहभागी हुन आग्रह गरे ।
पौडेलले क्षमताको विकास निरन्तर हुनुपर्ने बन्दै समयानुकूल परिमार्जित र परिस्कृत तवरले कार्य सम्पादनमा तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले प्रतिष्ठानको स्थापना कालदेखि करिब १८ हजार कर्मचारी र जनप्रतिनिधिलाई क्षमता विकासका तालिम संचालन गरिएको जानकारी दिदै तालिम प्रभावकारी कार्यक्षमतामा उपयोगी भएको उल्लेख गरे ।
प्रशिक्षणमा जिल्ला समन्वय समितिको काम कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था र यसको कार्यान्वयनको अवस्था, अनुगमन तथा मूल्यांकन सम्बन्धित कानूनी व्यवस्था विकास र यसमा आएको परिवर्तन र जिससको भूमिका विषयमा जानकारी गराइएको थियो ।
यसैगरी स्थानीय तहको योजना तर्जुमा र कार्यान्वयन प्रक्रिया र जिससको भूमिका, शासकीय क्षमता अभिवृद्धिका आयाम र जिसस को भूमिका, सुशासनका औजार, अनुगमन तथा मूल्यांकनका औजार, स्थानीय आर्थिक विकासको अवधारणा र जिससको भूमिका विषयमा प्रशिक्षण हुनेछ ।
गण्डकी प्रदेशका ११ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखसहित सदस्य सहभागी प्रशिक्षणमा नेपाल सरकारका पूर्व सचिवद्वय काशीराज दाहाल र रेश्मीराज पाण्डेसहितले सहजीकरण गरेका छन् ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका उपसचिव नारायण प्रसाद पौडेलले स्वागत र संचालन शाखा अधिकृत जीतबहादुर रानाले गरेका थिए ।
Copyright © 2024 | All rights reserved.