बैशाख ०४, २०८२, बिहीबार

बागलुङमा पूर्वराजा शाहकाे भव्य स्वागत


Advertisement Image
clock icon 1 month, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहले बागलुङ कालिका भगवती मन्दिरमा पूजा-अर्चना गरेका छन् । माघ २७ गतेदेखि पोखरामा रहेका शाह आज बागलुङ पुगेका थिए ।

बागलुङमा उनको भव्य स्वागत गरिएको नागरिक स्वागत मूल समारोह समिति सचिवालय संयोजक एवं राप्रपाका केन्द्रीय सदस्य अरुण गिरीले जानकारी दिए ।

गिरीका अनुसार पूर्वराजा शाह बागलुङ पुग्दा राप्रपाका नेता, कार्यकर्ता, सर्वसाधारण, शुभेच्छुक तथा समर्थकले स्वागत गरेका थिए ।

शाहका समर्थकले ‘राजा आऊ देश बचाऔँ’, ‘हाम्रो राज प्राणभन्दा प्यारो छ’, ‘हिन्दू राज्य कायम होस्’, लगायतका नारा घन्काएका थिए ।

उक्त अवसरमा शाहले आफ्ना शुभेच्छुकसँग संवादसमेत गरेका थिए । उनको धार्मिक स्वागतका लागि विश्व हिन्दू महासंघ बागलुङ अध्यक्ष जब्बरबहादुर लामिछानेको नेतृत्वमा पाँच सय एक सदस्यीय नागरिक स्वागत मूल समारोह समिति समेत गठन गरिएको थियो ।

Copyright © 2024 | All rights reserved.