0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं ८ ले वडाभित्रका विभिन्न स्थानम थप २२ वटा सिसि क्यामेरा जडान गरेको छ ।
वडा कार्यालयको सहयोगमा अस्थायी प्रहरी पोष्ट सिर्जनाचोकले हेर्ने गरी २२ वटा सिसि क्यामेरा थपिएको थियो । वडाभित्रका विभिन्न स्थानमा यसअघि चार वटा सिसि क्यामेरा सञ्चालित थिए ।
अब वडाभित्रका गतिविधि २६ वटा सिसि क्यामेरामार्फत अनुगमन हुने वडाध्यक्ष रुद्रनाथ बरालले जानकारी दिए । उनका अनुसार हाल जडान भएका सबै सिसि क्यामेरा पाँच मेघाफिक्सलको रहेका छन् । यो क्यामेराले अँध्यारोमा पनि काम गर्छ । एउटा क्यामेराले ५० मिटरको दुरीसम्मको दृश्य कैद गर्ने उनले बताए ।
बिहीबार आयोजित एक कार्यक्रमका बीच सिसि क्यामेरा हस्तान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले सिसि क्यामेरा उद्घाटन गरेका हुन् ।
उक्त अवसरमा एसपी ओलियाले पर्यटकीय नगरी पोखरामा सिसि क्यामेराको अभाव खड्किएको बताए ।
उनले पोखराका-३३ वटै वडालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड समेत दिए । उनले पोखराको छोरेपाटन, जौबारी र शिशुवामा डिजिटल चेकपोष्ट बनाउन प्रक्रिया अघि बढेको जानकारी दिए ।
पोखरा-८ का वडाध्यक्ष रुद्रनाथ बरालले वडाका ८० प्रतिशत क्षेत्रमा सीसी क्यामेरा जोडिएको भन्दै आगामी वर्षमा सबै क्षेत्रमा जोड्ने प्रतिवद्धता जनाए । यसअघि टोलटोलमा राखिएका सीसी क्यामेरा निररानी अब प्रहरीले नै गर्ने उनले बताए ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष निरौलाले सीसी क्यामेरा जडानमात्र ठूलो कुरा नभएको भन्दै यसको मर्मत सम्भारमा पनि ध्यान दिन आवश्यक रहेको बताए ।
पोखरा-७ का वडाध्यक्ष राममोहन आचार्यले पोखराको मुटु सिर्जनाचोक रहेको र मुटुमा रहेको वडाले सीसी क्यामेरा जोड्न सफल भएकोमा खुशी लागेको बताए ।
कार्यक्रममा नागरिक समाज पोखराका अध्यक्ष विष्णुप्रसाद बराल, वडासदस्य गोविन्द बराल, वडासचिव झम्कनाथ पौडेलले पनि कार्यक्रममा बोलेका थिए ।
Copyright © 2024 | All rights reserved.