बैशाख ०४, २०८२, बिहीबार

भूमिपूजा रोक्न खोज्दा लेकसाइड क्षेत्र तनावग्रस्त


Advertisement Image
clock icon 1 month, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । मानव सेवा फाउण्डेशन र पोखरा महानगरपालिकाको नगर प्रहरीबीच झडप हुँदा लेकसाइड क्षेत्र तनावग्रस्त बनेको छ । सोक्रममा फाउण्डेशनका केही समर्थक घाइते भएका छन् ।

फाउण्डेशनले कोटीहोमका लागि भूमिपूजा गर्न खोजेपछि नगर प्रहरीले रोक्दा झडप भएको थियो । कोटीहोमका लागि अनुमति नदिएको भन्दै महानगरले नगर प्रहरी खटाएर भूमिपूजा रोक्न भनेको थियो । 

कोटीहोम आयोजकले कुनै पनि हालतमा नरोकिने भन्दै भूमिपूजा शुरु गरेपछि दुवै पक्षबीच झडप भएका हो । 

सो क्षेत्रमा महानगरले बिहानैदेखि नगर प्रहरी परिचालन गरेको थियो । झडपको स्थिति देखेर प्रशासनले पनि नेपाल प्रहरी खटाएको थियो । नेपाल प्रहरीले दुवै पक्षको झडपलाई रोक्न खोज्दा खोज्दै पनि झडप भएको थियो ।  

झडपकै बीचमा पनि भूमिपूजा भएको फाउण्डेशनले जनाएको छ । 

कोटीहोमबारे महानगर र मानव सेवा फाउण्डेशनबीचको विवाद उच्च अदालतसम्म पुगेको थियो । अदालतले दुई पटक मानव सेवा फाउण्डेशनकै पक्षमा फैसला गर्दै कोटीहोम सञ्चालनमा कुनै अवरोध नगर्न आदेश दिएको थियो । 

आगामी २०८१ चैत्र १७ बाट २०८२ बैशाख १७ सम्म कोटीहोमको प्रचारात्मक कार्यक्रम हुने र बैशाख १७ देखि जेठ २६ सम्म कोटीहोम सञ्चालन गर्ने आयोजकको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.