0
प्रतिक्रिया
पोखरा । पोखराका पत्रकार कृष्णमणि बराल पुरस्कृत भएका छन् । उनलाई प्रेस क्लब गण्डकीले बराललाई ‘प्रेस क्लब पत्रकारिता पुरस्कार’ प्रदान गरेको हो ।
सभामुख देवराज घिमिरेले बराललाई ५० हजार रुपैयाँ नगद, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरे । बरालले पत्रकारितामार्फत पर्यापर्यटन, वातावरण संरक्षण र पोखरेली पत्रकारितामा उल्लेखनीय योगदान पु¥याउनुभएको भन्दै पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा सभामुख घिमिरेले जनताको मौलिक अधिकार खोस्ने गरी संसद्ले कानुन नबनाउने बताए । उनले लामो समयको सङ्घर्षको जगमा लोकतन्त्र ल्याइएको भन्दै जनताको हित विपरीत कानुन संसद्ले नबनाउने स्पष्ट पारे ।
नेकपा एमाले गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले लोकतन्त्र विरोधी गतिविधि बढिरहेको बताउँदै स्वतन्त्रताका नाममा छाडातन्त्र चलिरहेकोप्रति सबै गम्भीर बन्नुपर्नेमा जोड दिए ।
प्रतिनिधिसभाका सांसद दामोदार वैरागीले सामाजिक सञ्जाल प्रयोग तथा नियमन गर्ने सम्बन्धमा बनेको विधेयक अभिव्यक्ति स्वतन्त्रता विरोधी नभएको धारणा राखे । उनले बढ्दै गएको विकृति, विसङ्गतिलाई नियन्त्रण र नियमन गर्न उक्त विधेयक आवश्यक पर्ने धारणा राखे ।
कार्यक्रम प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको सभापतित्वमा भएको थियो ।
Copyright © 2024 | All rights reserved.