बैशाख ०४, २०८२, बिहीबार

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको डिष्ट्रिक्ट गभर्नरमा पाण्डे निर्वाचित


Advertisement Image
clock icon 1 month, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको डिष्ट्रिक्ट गभर्नरमा पार्वती खरेल पाण्डे निर्वाचित भएकी छन् । डिष्ट्रिक्टको शनिबार पोखरामा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनले पाण्डेलाई डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित गरेको हो ।

गभर्नर पाण्डे लायन्स क्लब अफ काठमाडौँ परोपकारका संस्थापक अध्यक्षसमेत हुन् । उनी १३ वर्षदेखि लायन्समा सक्रिय थिइन् ।

डिष्ट्रिक्टको फष्ट भाइस गभर्नरमा सूर्यकुमार केसी र द्वित्तीय भाइस गभर्नरमा शैलेन्द्र मोहन भट्टराई निर्वाचित भए । केसीको होम क्लब काठमाडौँ साकुरा हो भने भट्टराईको लेखनाथ हो ।

सन् २०१३ देखि नै डिष्ट्रिक्टमा सक्रिय केसी २०२४ मा द्वित्तीय भाइस डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका थिए भने १९९९ देखि लायन्समा लागेका भट्टराई २०२५ मा द्वित्तीय भाईस डिष्ट्रिक्ट गभर्नर बनेका छन् ।

यसैगरी महाधिवेशनबाट क्याविनेट सेक्रेटरीमा रामबहादुर श्रेष्ठ, कोषाध्यक्षमा महेन्द्रकुमार राठी, प्रमुख सल्लाहकारमा बिष्णुप्रसाद भण्डारी, पिआरओ इन चिफमा ऋषि गिरी मनोनित भएका छन् ।

डिष्ट्रिक्टको चिफ अफ काउन्सिलरमा अमृत शोभा खत्री, महेश पाण्डे, चिफ एडमिनिट्रेटरमा जनार्जन फुयाल, हरिराज पन्त र शान्ता थापा भण्डारी, एम्बेसडर अफ गभर्नरमा सुवासचन्द्र जोशी छन् ।

यसैगरी एडमिनिष्ट्रेटरमा सूर्यनारायण बराल, सन्तोष रावल, अमृतप्रसाद तिवारी, पवित्रराज तिवारी, विनय अग्रवाल, राजु चालिसे, विना थापा सुरेन्द्रमान सिं भण्डारी, शिवराम गौतम, विन्दु घिमिरे, टंकराज अधिकारी, युवराज खनाल र सन्दीप क्षेत्री मनोनित भए ।

Copyright © 2024 | All rights reserved.