0
प्रतिक्रिया
आजको पञ्चाङ्ग
मिति २०८१ फागुन २६ गते सोमबार, इस्वीसंवत मार्च १० तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुनशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फाल्गुनशुक्लपक्षको एकादशी तिथि बिहानमा ९ः५८ बजेसम्म त्यसपछि द्धादशी तिथि लाग्नेछ । नक्षत्रमा तिष्य रातिमा २ः३५ बजेसम्म त्यसपछि अश्लेषा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शोभन २४ घटि १३ पलासम्म त्यसपछि अतिगण्ड लाग्नेछ । करणमा बब रहनेछ । आनन्दादि योगमा धाता रहनेछ ।
सूर्य कुम्भ राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान २९ घटि २९ पला अर्थात ११ घण्टा ५० मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः२१ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः०९ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय दिनमा २ः३४ बजे र अस्ताउने समय रातिमा ३ः५८ बजे रहेको छ । आज आमलकी एकादशी व्रत गर्ने दिन रहेको छ ।
आजको राशिफल
मेषः आज समय मध्यम रहनेछ । व्यापार व्यावसायमा लगानी गर्नका लागि केही दिन कुर्नुहोला । आर्थिक व्यवस्थापनका लागि गरिने काम अन्तिम निष्कर्षमा नपुगि बिचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादी हावी हुनाले काम समयमा सम्पन्न हुँदैनन् । पढाई लेखाईमा एकरुपमा नहुँदा अरुभन्दा पछि परिनेछ । प्रेममा अविश्वास हुने अधिक सम्भावना छ ।
वृषः आज पनि समय शुभ छ । व्यापार व्यावसायमा लगानी बढाई आम्दानीका स्रोत बढाउन सकिनेछ । भौतिक सम्पति तथा मानव निमित वस्तु प्राप्तिको योग छ । लामो समयदेखि भेट नभएका मित्रसँग भेट हुनेछ भने माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ भने रमाइलो यात्रा तय हुनेछ । विद्यार्थीले अध्ययनमा सफलता पाउनेछन् भने गुरुहरुको राम्रो सहयोग पाईने हुँदा गन्तव्य पहिल्याउन सहज हुनेछ ।
मिथुनः आज पनि समय त्यत्ति शुभ छैन । आत्मीय मित्रका सहयोग नपाउँदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुन सक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचे जस्तो आम्दानी नहुँदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकुल बन्नेछ भने यहि बेलामा आय आम्दानीका बाटा साँघुरा हुनेछन् । लामो दूरीको यात्रामा पनि समस्या हुने देखिएको छ ।
कर्कटः आज पनि समय निकै महत्वपूर्ण छ । आफन्त तथ मावली पक्षको सहयोग पाईने हुनाले काम गर्न शरीरमा उर्जा पैदा हुनेछ । प्रतिस्पर्धीलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरीको योग रहेको छ भने थोरै लगानीबाट यथेष्ट लाभ लिन सकिनेछ । अदालती निर्णय तपाइँकै पक्षमा आउने भएको हुनाले न्याय पाएको अनुभूति हुनेछ ।
सिंहः आज पनि समय खराब छ । विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ऋणात्मक नतिजा आउनेछ । व्यापार व्यावसायमा गरिएको लगानीबाट नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न बढी नै समय दिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धित समस्याले सताउनेछ । ऋणलाग्ने तथा खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुनेछ ।
कन्याः आज पनि समय राम्रै छ । विभिन्न अवसर आउने हुँदा त्यसलाई क्याच गरि मनग्ने आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति हुने हुनाले आफन्त तथा गुरु प्रशन्न हुनेछन् । छोटो तथा रमाईलो यात्राको अधिक सम्भावना रहेको छ भने व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जाने हुँनाले घर परिवारमा खुसीयाली छाउनेछ ।
तुलाः आज पनि समय मध्यम खालको छ । दाजुभाई तथा छिमेकीसँग रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला, भविष्यमा विवाद सिर्जना हुन सक्छ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुनेछ । स्वास्थ्य सम्बन्धित सामान्य समस्याले सताउन सक्छ, ध्यान दिनुहोला । अध्ययनमा रुचि नजाँदा अरुभन्दा पछि परिनेछ । कृषि तथा पशुपालन व्यवसायमा भने लगानी बढाई आम्दानी गर्न सकिनेछ ।
वृश्चिकः आज पनि समय उपयुक्त छैन । साथीभाई तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ भने स्वास्थ्य सम्बन्धित समस्या आउन सक्छ, ध्यान दिनुहोला । राज्य पक्षबाट अनावश्यक झै झमेला आइलाग्न सक्छ । मान सम्मान तथा प्रतिष्ठामा कमिमो महसुस हुँनेछ । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना छ । व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।
धनुः आज पनि समय राम्रै रहने छैन । विद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने तथा बनेको काम बिग्रने हुँदा मनमा निराशा पैदा हुनेछ । व्यवसायमा लगानी गरे पनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । मध्यान्हदेखि पुरानो रोग तथा समस्या स्वतः ठीक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुनेछ । पढाई लेखाईमा अरुभन्दा अग्रपङ्तिमा तपाईको नाम आउँनेछ ।
मकरः आज पनि स्वास्थ्य भरपर्दो रहनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आय स्रोतमा वृद्धि गर्न सकिनेछ । घर परिवारमा सुखद् समाचारले थप उत्साह जगाउनेछ । विभिन्न किसिमका भौतिक लाभ हुने छन भने सवारी साधन प्राप्तिको योग छ । मध्यान्हपछि लामो दूरीको विदेश यात्राको तय हुनेछ भने खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धित समस्या आउन सक्छ ।
कुम्भः आज पनि दिन तथा समय राम्रा छन् । धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना छ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा तपाईँकै वर्चस्व रहनेछ । व्यापार व्यवसायमा साथीभाई तथा आफन्तको सहयोग हुनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग छ ।
मीनः आज पनि समय भरपर्दो रहनेछैन । स्वास्थ्यमा कमजोरी देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला । अप्रिय समाचारले दुःखी बनाउनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै समय खर्चनु पर्नेछ । दाजुभाई तथा छिमेकीसँग अनावश्यक विवाद हुनसक्छ भने तपाईँले सुरु गर्नुभएका काममा बाधा तथा अवरोध खडा गर्नेछन् । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।
साहित (यात्रा): सूर्य कुम्भ राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । त्यसैले उत्तर र पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण र पूर्वतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः१८ बजेदेखि ७ः४७ बजेसम्म अमृत बेला
बिहान ७ः४७ बजेदेखि ९ः१६ बजेसम्म काल बेला
बिहान ९ः१६ बजेदेखि १०ः४५ बजेसम्म शुभ बेला
बिहान १०ः४५ बजेदेखि १२ः१४ बजेसम्म रोग बेला
दिनमा १२ः१४ बजेदेखि १ः४२ बजेसम्म उद्धेग बेला
दिनमा १ः४२ बजेदेखि ३ः११ बजेसम्म चर बेला
दिनमा ३ः११ बजेदेखि ४ः४० बजेसम्म लाभ बेला
दिनमा ४ः४० बजेदेखि ६ः०९ बजेसम्म अमृत बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः०९ बजेदेखि ७ः४० बजेसम्म काल बेला
साँझ ७ः४० बजेदेखि ९ः११ बजेसम्म शुभ बेला
राति ९ः११ बजेदेखि १०ः४२ बजेसम्म रोग बेला
राति १०ः४२ बजेदेखि १२ः१३ बजेसम्म उद्धेग बेला
राति १२ः१३ बजेदेखि १ः४४ बजेसम्म चर बेला
राति १ः४४ बजेदेखि ३ः१५ बजेसम्म लाभ बेला
रातिमा ३ः१५ बजेदेखि ४ः४६ बजेसम्म अमृत बेला
रातिमा ४ः४६ बजेदेखि ०६ः१७ बजेसम्म काल बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।
Copyright © 2024 | All rights reserved.