बैशाख २४, २०८२, बुधबार

मानवसेवा आश्रमलाई सहयोग


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । होटल प्रतिनिधि समाज पोखराले मानवसेवा आश्रमलाई सहयोग गरको छ । संस्थाको रजत जयन्तीको अवसर पारेर २५ हजार पाँच सय २५ रुपैयाँ सहयोग गरेको समाजका अध्यक्ष माधव लम्सालले जानकारी दिए । 

समाजका अध्यक्ष माधव लम्साल, कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलिया र पूर्वअध्यक्ष लक्ष्मण सुवेदीलगायतले आश्रमलाई रकम हस्तान्तरण गरेको हो । 

उक्त अवसरमा एसपी ओलियाले मानव सेवा नै सबै भन्दा ठूलो सेवा भएको बताए ।

समाजका पूर्व अध्यक्ष तथा होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले समाजले विगतदेखि नै रचनात्मक काम गर्दै आएको र रजत जयन्तीमा पनि उत्कृष्ट काम गरेको बताए । 

समाजका अध्यक्ष माधव लम्सालले समाजले विगतदेखि नै रचनात्मक काम गर्दै आएको र रजत जयन्तीको अवसरमा पनि सहयोग गर्न पाउँदा खुशी लागेको बताए । 

समाजका अध्यक्ष लम्सालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव शिव पौडेलले गरेका थिए । 

कार्यक्रमको संयोजन माजका वरिष्ठ उपाध्यक्ष जीवराज उपाध्यायले गरेका थिए ।

Copyright © 2024 | All rights reserved.