0
प्रतिक्रिया
पोखरा । अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) प्रयोग तथा जुवा वा सट्टेवाजी गर्न नहुने कसुरमा पाँच जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका वडा नं ५ घर भइ हाल पोखरा-१४ हवेलीमार्ग बस्ने ३३ वर्षीय विक्रम बानियाँ, म्याग्दी रघुगंगा गाउँपालिका वडा नं २ घर भइ हाल पोखरा-१४ अनुपममार्ग बस्ने १९ वर्षका रोजन केसी, बेनी नगरपालिका वडा नं २ घर भइ हाल पोखरा-१४ अनुपम टोल बस्ने २२ वर्षीय सज्जन घिमिरे, म्याग्दी रघुगंगा गाउँपालिका वडा नं २ घर भइ हाल पोखरा-१४ चाउथे बस्ने २८ वर्षीय सन्दिप कटुवाल र घरधनी रुपेन्द्र जिसी पनि पक्राउ परेका छन् ।
नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी उपरीक्षक श्यामबाबु ओलियाको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
उनीहरुको साथबाट क्रिप्टोकरेन्सी कारोवार, अनलाइन जुवा तथा सोवाजीमा प्रयोग हुने कम्प्युटर, मोवाइललगायत इलेक्ट्रोनिक डिभाइस तथा ७२ हजार पाँच सय नगद बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले आफन्तका नाममा विभिन्न बैंकमा खाता खोली कारोबार गरेको, जुवामा १५ करोडसहित ३० करोड कारोबार भएको, दैनिक तीन पटक यस्ता गतिविधि हुने गरेको पाइएको प्रहरीले जनाएको छ ।
उनीहरुविरुद्ध अभौतिक मुद्रा प्रयोग र जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.