0
प्रतिक्रिया
पोखरा । नेपालका एक सय प्रभावशाली महिलाको सूचीमा बागलुङको बडीगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी परेकी छन् ।
अल्र्ड अफ उमनले सामाजिक क्षेत्रमा अब्बल काम गर्ने देशका एक सय जना प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै अधिकारीलाई सो सूचीमा समेटेको हो ।
पछिल्लो समय जिम्मेवारीमा रहेर जनपक्षीय काम गरेका महिलाका क्षमता, योजना र क्रियाशीलताका आधारमा अधिकारी प्रभावशाली सूचीमा परेको अल्र्ड अफ उमनले जनाएको हो ।
अधिकारी जनप्रतिनिधितर्फ प्रभावशाली सूचीमा परेकी हुन् । उनीसँगै भरतपुर महानगरकी मेयर रेणु दाहाल पनि परेकी छन् । साथै पूर्व उपसभामुख शिवमाया तुम्वाहाम्फे, पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ पनि प्रभावशाली महिलाको सूचीमा परेकी छन् ।
अध्यक्ष अधिकारीले विभिन्न निकायबाट हुने यस्ता मूल्यांकनले थप सक्रिय हुन प्रोत्साहन मिलेको प्रतिक्रिया दिएकी छन् ।
चर्चाका लागि भन्दा पनि नागरिकको सेवामा लाग्न थप प्रेरणा मिलेको उनको भनाइ छ । उनी नेतृत्वको बडीगाड गाउँपालिका विभिन्न निकायको मूल्यांकनमा पनि उत्कृष्ट हुँदै आएको छ ।
Copyright © 2024 | All rights reserved.