बैशाख ०४, २०८२, बिहीबार

सीपमूलक तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान


Advertisement Image
clock icon 1 month ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तरगतको व्यवसाय प्रवर्द्धन केन्द्र र लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एमको साँझेदारीमा सञ्चालित विभिन्न सीपमूलक तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

सहायक योग प्रशिक्षक, सैलुन, बेकरी, सहायक स्टुडियो फोटोग्राफर र केयर गिभरसम्बन्धी सीपमूलक तालिममा सहभागी एक सय जना बढीलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

पोखरा महानगरपालिकाले केन्द्रमार्फत विभिन्न साँझेदार संस्थासँगको समन्वयमा सीपमूलक तालिम उपलब्ध गराइरहेको नगर प्रमुख आचार्यले बताए ।

महानगर क्षेत्रभित्र बसोबास गर्ने बेरोजगार व्यक्तिको लगत सङ्कलन गरी उनीहरूलाई आवश्यकताका आधारमा सीपमूलक तालिम प्रदान गर्ने गरिएको उनले बताए ।

तालिमले व्यक्तिलाई स्वरोजगार, उद्यमी र सेवाका लागि आवश्यक जनशक्तिको उपलब्धतालाई सम्बोधन गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

केन्द्रमार्फत महानगरपालिकाले हजारौँ व्यक्तिलाई विभिन्न सीपमूलक तालिम प्रदान गरिसकेको र महानगर क्षेत्रको उद्यमशीलताको विकासमा महत्वपूर्ण योगदान गरेको मेयर आचार्यले दावी गरे ।

Copyright © 2024 | All rights reserved.