बैशाख ०४, २०८२, बिहीबार

पीडित-सम्पर्क एवं घर-घरमा प्रहरी कार्यक्रम शुभारम्भ


Advertisement Image
clock icon 1 month ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । इलाका प्रहरी कार्यालय शिशुवाको आयोजना र लेखनाथ सामुदायिक सेवा केन्द्र शिशुवाको सहकार्यमा पीडित-सम्पर्क कार्यक्रम एवं घर-घरमा नेपाल प्रहरी कार्यक्रम शुभराम्भ गरिएको छ ।

कार्यक्रम उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाले समाजमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी एक्लैले मात्र सम्भव नहुने बताए ।

उनले समुदायको सहयोग, सुझाव तथा सूचना भएमा मात्र अपराध नियन्त्रण, अनुसन्धान र कारवाही गर्न सहज हुने स्पष्ट पारे ।

उनले भने, ‘सामुदायिक प्रहरी साँझेदारी कार्यक्रमअन्तर्गत सुरु गरिएको यो अभियानले प्रहरी र नागरिक बिचको सम्बन्ध बलियो बनाउने लक्ष्य छ ।’

शान्ति सुरक्षा तथा प्रहरीसँग सम्बन्धित गुनासो, समस्या तथा सूचना भएका दिन उनले नागरिकलाई आग्रह गरे ।

इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले स्थानीय स्तरमा प्रत्येक घरघरमा नेपाल प्रहरी पुगी सेवाग्राहीका समस्या, शान्ति सुरक्षाको अवस्था तथा प्रहरीप्रतिको धारणा बुझ्नुका साथै गुनासाका लागि क्यूआर कोड, प्रहरीको सम्पर्क नम्बरसहितको स्टिकर टाँस गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले प्रहरीको यस्ता कार्यबाट सबैले सुरक्षाको अनुभूति गर्न पाउने र आगामी दिनमा थप प्रभावकारी बनाउनु पर्ने बताए । उनले यस्ता रचनात्मक कार्यका लेउवासंघ सहकार्य गर्न तयार रहेको स्पष्ट पारे ।

कार्यक्रममा पोखरा महनगरपालिका वडा नं. २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ, वडासदस्य विष्णुमाया थापा, नेपाल प्रहरी भूतपूर्व संगठन लेखनाथ इकाई अध्यक्ष कृष्णप्रसाद तिमिल्सिना, लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका पूर्वअध्यक्ष शिवहरि ढुङ्गानालगायतले बोलेका थिए ।

Copyright © 2024 | All rights reserved.