0
प्रतिक्रिया
पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा खीमाकुमारी गुरुङ (कास्की) निर्वाचित भएकी छन् ।
बुधबार पोखरामा सम्पन्न तेस्रो महाधिवेशनले समिति उपाध्यक्षमा धनबहादुर गुरुङ (कास्की) र शीला गुरुङ (नवलपुर), महासचिव सुरज थापा (कास्की), सचिवमा दिलप्रसाद गुरुङ (कास्की) र कला राना (स्याङ्जा) र कोषाध्यक्ष सुमन थापामगर (कास्की) निर्वाचित भए ।
कार्यसमिति सदस्यमा चेतबहादुर थापा ‘प्रविन’ (कास्की) यमबहादुर सोमै मगर (नवलपुर), खड्गबहादुर आले (तनहुँ), मनप्रसाद गुरुङ (कास्की), कविता घर्तीमगर (कास्की), चन्द्रकुमारी महतो (नवलपुर), पुनम थापामगर (कास्की) र कृष्ण श्रेष्ठ ‘रोजी’ (कास्की) छन् ।
संघीय प्रतिनिधिमा रुद्र श्रीस मगर, रत्ना गुरुङ र सुशान्त गाहा मगरलाई चयन गरिएको निर्वाचन समिति संयोजक संघीय सल्लाहकार हुमबहादुर गुरुङले जानकारी दिए ।
प्रदेश समितिले बागलुङका यामबहादुर थापालाई पनि संघीय प्रतिनिधिमा मनोनीतका लागि सिफारिस गर्ने भएको छ ।
Copyright © 2024 | All rights reserved.