बैशाख ०४, २०८२, बिहीबार

गंगे कुल मन्दिरमा कुलपूजा तथा श्रीमद्भागवत वाचन


Advertisement Image
clock icon 1 month ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. ३ पोखराखेतस्थित गंगे कुल मन्दिरमा कुलपूजा तथा श्रीमद्भागवत वाचन गरिएको छ ।

साविक थुमाकोडाँडा गाविस हाल मादी गाउँपालिका वडा नं. ३ र ४ का हरेस्वारा, स्याँगे, पोखरा खेत र घाम्लुङका भारद्वाज गोत्रीय रानाभाट वन्धुले हरेक तीन/तीन वर्षमा कुल पूजा गर्दै आएको पूजा संयोजक ज्यो. रुद्र रानाभाटले बताए ।

कुल पूजाको साथमा वाचक पं. विष्णुप्रसाद गौतम र उपवाचक पं. शैलन्द्ररमण अधिकारीसहितको ब्राह्मणद्वारा श्रीमद्भागवत, चण्डिपाठ, सत्यनारायण, रुद्री पूजा र होम गरिएको थियो ।

कुल पूजामा प्रत्यक्ष एक सय १० घरपरिवार सहभागी थिए ।

कुलपूजा व्यवस्थित रुपमा संचालन गर्न मादी-३ का जनप्रतिनिधि तेजबहादुर रानाभाटको संयोजकत्वमा युवा परिचालन समिति, आर्थिक संकलन समिति संयोजकमा लेखनाथ रानाभाट र भोजन व्यवस्थापन समिति संयोजकमा पितृराज रानाभाट थिए ।

Copyright © 2024 | All rights reserved.