बैशाख ०४, २०८२, बिहीबार

नेपाल युगाण्डासँग ४० रनले पराजित


Advertisement Image
clock icon 1 month ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । युगाण्डामा जारी चार देशीय टी-२० क्रिकेट श्रृंखलामा नेपाल सबैभन्दा कमजोर सावित भएको छ । नेपालले बिहीबार युगाण्डासँग ४० रनको हार बेहोरेसँगै सबैभन्दा कमजोर सावित भएको हो ।

जितका लागि ९२ रनको चुनौती पछ्याएको नेपालले १७दशमलव१ ओभरमा अलाउट हुँदै ५१ रनमात्र बनायो । कविता जोशीले १२ तथा इन्दू वर्माले ११ रन बनाएबाहेक कसैले दोहोरो स्कोर जोड्न सकेनन् ।

त्यस्तै पाँच खेलाडीले रनको खातासमेत खोल्न सकेनन् । यसअघि युगाण्डाले टस जितेर पहिले ब्याटिङ गर्दै रीता मुसामालीको ३८ रनको मद्धतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ९१ रन बनायो ।

रीया शर्माले दुई विकेट लिइन् भने पूजा महतो, ईश्वरी विष्ट र रविना क्षेत्रीले १-१ विकेट लिए ।

पहिलो चरणको खेलमा नेपालले युगाण्डामाथि संघर्षपूर्ण जित हासिल गरेको थियो । यसपालि भने बलिङ र ब्याटिङ दुवै ध्वस्त भयो । यो हारसँगै नेपालले पुछारतिरै रहेर तेस्रो र चौथो स्थानको भिडन्त गर्ने भएको छ ।

जारी श्रृंखलामा नेपालले निरश प्रदर्शन गर्ने क्रममा खेलेका ५ खेलमा १ जित र चार हार बेहोरेको छ । नेपालले यसअघि नामिबियासँग दुवै खेल र हङकङसँग एक खेलमा हार बेहोरेको थियो ।

अब नेपालले शुक्रबार हङकङविरुद्ध खेल्ने तालिका रहेको छ । त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।

Copyright © 2024 | All rights reserved.