बैशाख ०४, २०८२, बिहीबार

आज सुनको भाउ स्थिर, चाँदीको घट्यो


Advertisement Image
clock icon 4 weeks, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य भने सामान्य घटेको छ ।

आज चाँदीको भाउ भने प्रतितोला पाँच रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार चाँदी तोलाको दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.