जेठ २३, २०८२, बिहीबार

पोखराका कपडा व्यवसायी पर्यटन प्रवर्द्धनमा


Advertisement Image
clock icon 2 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कपडा व्यवसायी एशोसिएशन कास्कीको विस्तारित बैठक कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ६ धितालमा सम्पन्न भएको छ ।

बैठकले विशेष कार्यक्रम गरी २८औँ वार्षिकोत्सव मनाउने निर्णय गरेको छ ।

कार्यक्रममा पूर्वअध्यक्ष रामचन्द्र गौतमले एशोसिएशन निकै सक्रियतापूर्वक अघि बढेको भन्दै संस्थाको गरिमालाई थप उचाईमा पुर्‍याउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

पूर्वअध्यक्ष जनकराज पराजुलीले संस्थाको गतिविधिले निकै खुशी लागेको भन्दै सबै व्यवसायीलाई समेट्ने प्रयास गर्नुपर्ने बताए ।

एशोसिएशनका वरिष्ठ उपाध्यक्ष एवं भित्तेपात्रो प्रकाशन समिति संयोजक रामचन्द्र तिमिल्सिनाले भित्तेपात्रो प्रकाशनको तयारीबारे जानकारी गराएका थिए । उनले आगामी वर्ष टेबल पात्रो प्रकाशन गर्ने जानकारी दिए । उनले सबैको सहयोगमा समयमै पात्रो प्रकाशन गरिने बताए ।

कार्यक्रम संयोजक एवं कोषाध्यक्ष रोशन आचार्यले संस्थाको कोषवृद्धि गर्न आवश्यक रहेको बताए । संस्थाले दुःखमा परेकाहरुलाई सहयोग गर्दै आइरहेकाले यसका लागि पनि सहायता कोषमा रकमा बढाउन आवश्यक रहेको उनको भनाइ छ ।

एशोसिएशनका अध्यक्ष लेखनाथ पौडेलको अध्यक्षतमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तिमिल्सिनाले स्वागत र महासचिव पूर्ण थापाले सञ्चालन गरेका थिए ।

कार्यक्रममा सहभागीले संस्थाको गरिमालाई थप उचाईमा पुर्याउने गरी अघि बढ्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

एशोसिएशनले अन्तरिक पर्यटन प्रवर्द्धनका लागि भ्रमण वर्ष २०२५ को सन्दर्भमा धितालको माछापुच्छ्रे होमस्टेमा बैठक राखेको अध्यक्ष पौडेलले बताए ।

२०५३ सालमा स्थापित संस्थामा करिब चार सय कपडा व्यवसायी आवद्ध छन् ।

Copyright © 2024 | All rights reserved.