0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं ७ स्थित माउन्ट हेभन इङ्गलिस स्कुलको अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागी एक सय १० जना अभिभावक सहभागी थिए । उनीहरुलाई थ्री स्टार टिचर एजुकेशन सेन्टर पोखराका सिनियर मोटिभेसनल स्पीकर (प्रेरक वक्ता) प्रदीप पराजलीले विभिन्न तीन सेसनमा प्रशिक्षण दिएका थिए ।
पराजुलीले एकीकृत पाठ्यक्रम, बालबालिकाप्रति अभिभावकको भूमिका र बालिबालिकाको मस्तिष्क, हड्डी र मांशपेसीका विषयमा अभिभावकलाई प्रशिक्षण दिएका थिए ।
उनले बालिबालिकाको मस्तिष्क, हड्डी र मांशपेसीका विषयमा बेलैमा सचेत हुन नसके भविष्यमा दूरगामी असर पर्न सक्ने भन्दै अभिभावकलाई सचेत गराए ।
कार्यक्रममा २० जना सक्रिय अभिभावकलाई सम्मानसमेत गरिएको थियो ।
विद्यालयका प्राचार्य याम अधिकारीले कार्यक्रममा सहभागी अभिभावकप्रति आभार व्यक्त गर्दै विद्यालयले आगामी दिनमा पनि यस्ता प्रभावकारी कार्यक्रम निरन्तर आयोजना गर्ने प्रतिवद्धता जनाए ।
अभिभावक र विद्यालयबीचको सहकार्यले बालबालिकालाई उत्कृष्ट सिकाई वातावरण उपलब्ध गराउने उनको भनाइ छ । कार्यक्रमले शैक्षिक रूपान्तरणलाई अझ मजबुत बनाउने प्राचार्य अधिकारीको विश्वास छ ।
सो अवसरमा २० जना अभिभावकले प्रशिक्षक पराजुलीसँग विषयगत अन्तरक्रियासमेत गरेका थिए ।
विद्यालयले इसीइसी प्रणाली तथा थ्रीस्टार टिचर एजुकेशन सेन्टर पोखरासँग सहकार्यमा बाल केन्द्रित आधुनिक शिक्षण पद्धति अवलम्बन गर्दै आएको छ ।
प्राचार्य अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालय संयोजक सावित्री भट्टराईले गरेकी थिइन् ।
Copyright © 2024 | All rights reserved.