0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं २६ बुढीबजारस्थित जुनियर सिटिजन्स एकेडमी प्रिस्कुलको ४६औँ अभिभावक दिवस, युकेजी दीक्षान्त समारोह र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै थ्रीस्टार टिचर एजुकेशन सेन्टर पोखराका सिनियर मोटिभेसनल स्पीकर (प्रेरक वक्ता) प्रदीप पराजुलीले अभिभावक र विद्यालयबीचको सहकार्यले बालबालिकालाई उत्कृष्ट सिकाई वातावरण उपलब्ध गराउने बताए ।
उक्त अवसरमा उनले अभिभावकलाई असल अभिभावक बन्ने आठ कुराबारे बुँदागत रुपमा जानकारी गराएका थिए ।
परम्परागत सिकाइ प्रविधि आजको बालबालिकाका लागि उपयुक्त नभएको र अबको पुस्ताले वैश्विक प्रतिस्पर्धात्मक क्षमतासम्म पुग्नुपर्नेमा उनले जोड दिए ।
२१औँ शताब्दीका बालबालिकाका लागि आवश्यक कठिन तथा कोमल सीपको सन्तुलन मिलाउने थिमेटिक शिक्षाको अवधारणामा विद्यालय नरन्तर अघि बढिरहेको पराजुलीले बताए ।
कार्यक्रममा शैक्षिक गतिविधिमा प्रथम, द्वितीय र तृतीया स्थान हासिल गरेका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
विद्यालयका सहायक प्राचार्य टीकाराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक सत्र २ मा विद्यालयका प्राचार्य सुन्दरप्रसाद ढकाल र निर्देशक मुकुण्दप्रसाद वस्तीले बोलेका थिए ।
कार्यक्रममा विद्यालय इन्चार्ज तेसुमाया गुरुङले स्वागत र जेसिए प्रिस्कुलका सुपरभाइजर कमला न्यौपानेले सञ्चालन गरेकी थिइन् ।
कार्यक्रममा विद्यार्थीले विभिन्न सांगीतिक र सांस्कृतिक नृत्य, संगीत, कथा वाचन र सिर्जनात्मक प्रदर्शन गरेका थिए ।
Copyright © 2024 | All rights reserved.