0
प्रतिक्रिया
पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्णको लायन बर्ष २०२५-२०२६ का लागि सुकल्याण पराजुली सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् ।
क्लबको प्रथम उपाध्यक्षमा दुर्गाप्रसाद जोजिजु, द्वितीय उपाध्यक्षमा मुक्ति सुवेदी, तृतीय उपाध्यक्षमा सुरेशकुमार गुरुङ, सचिवमा लीलाबहादुर गुरुङ, कोषाध्यक्षमा प्रदीप राजभण्डारी, सहसचिव सुमन थापा र सहकोषाध्यक्षमा लेखराज हमाल छन् ।
यसैगरी एलसिआएफमा बिष्णुकुमार गुरुङ, सर्भिस चियरपर्सनमा डम्मरसिं गुरुङ, मार्केटिङ चियरपर्सनमा दूधमान गुरुङ, कम्यूनिकेशन चियरपर्सनमा सुरेशबहादुर श्रेष्ठ, सदस्यता बृद्धि चियरपर्सनमा रुद्र घले, टेमरमा विशाल हिराचन, ट्वीलट्वीष्टर होमबहादुर गुरुङ पिराओ चिफमा प्रकाश सुवेदी र क्लब लिडरमा सूर्यप्रसाद बराल चयन भएको निर्वाचन संयोजक बिष्णुकुमार गुरुङले जानकारी दिए ।
क्लबको निर्देशकमा बिष्णु पाण्डे, चिरिञ्जीवी द्धा, डा.प्रदीप घिमिरे, जगन गुरुङ, माइकल कर्माचार्य, ई.शान्तराज बतास, योगराज पौडेल, यदुनाथ अधिकारी, कृष्णप्रसाद श्रेष्ठ, रबिसन्स प्रजू, अर्जुन पोखरेल, दिनेश तुलाचन, डा. गोपिलाल श्रेष्ठ, विजय पौडेल तथा सल्लहाकारमा आजाद श्रेष्ठ, ध्रुव श्रेष्ठ, सोनाम साङपो, डा. वसन्त ताम्राकार, नारायण बाटाजू छन् ।
क्लब अध्यक्ष गणेश छविको अध्यक्षतमा भएको कार्यक्रममा कोषाध्यक्ष लिलाबहादुर गुरुङले स्वागत गरेका थिए ।
Copyright © 2024 | All rights reserved.