बैशाख ०४, २०८२, बिहीबार

नेपाल प्रहरी महानिरीक्षकमा थापा


Advertisement Image
clock icon 4 weeks, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी प्रमुखमा दीपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले थापालाई प्रहरी अतिरिक्त महानिरीक्षकबाट प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । 

उनी नेपाल प्रहरीको ३१औँ प्रहरी महानिरीक्षक (आईजीपी) भएका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत थापाले मंगलबारदेखि प्रहरी महानिरीक्षकको कमान्ड सम्हाल्नेछन् । 

हालका आईजीपी बसन्तबहादुर कुँवरको ३० वर्षे सेवा अवधि सोमबार राति १२ बजेबाट सकिने भएसँगै त्यसको केही घण्टाअघिको निर्णयबाट थापाले उक्त जिम्मेवारी पाएका हुन् । 

थापाले ०५२ भदौ १९ गतेदेखि प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए ।थापासँग डेढ दर्जन भन्दा बढी युनिटको कमान्ड हम्हालेको अनुभव छ ।

Copyright © 2024 | All rights reserved.