0
प्रतिक्रिया
पोखरा । मतपत्रमा भएको सामान्य त्रुटिले विवाद हुँदा पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान आजका लागि स्थगित भएको छ ।
मतदान बुधबार बिहान ८ बजेबाट शुरु हुने निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले जानकारी लिए ।
मतदान मंगलबार हुने भनिए पनि छापिएको मतपत्रमा त्रुटि भएको थियो । पुनः मतपत्र छपाई गर्दा ढिलाई हुने भएपछि बुधबारका लागि मतदान हुने भएको हो ।
यसअघि मतपत्र छापेर मतदानका लागि तयारी गर्दै गर्दा अखिल छैठौँका उम्मेद्वारको नाम मतपत्रमा रहे पनि मतदान गर्ने कोस्ट छुटेको पाइएपछि मतदान प्रक्रिया अवरुद्ध भएको थियो ।
Copyright © 2024 | All rights reserved.