0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं ८ स्थित नेशनल क्रियशन एकेडेमीले बृहत सरसफाई सम्पन्न गरेको छ ।
वातावरण सफा राखौँ भन्ने मूल नाराका साथ स्थानीय टोल विकास संस्थासँगको समन्वयमा सरसफाई गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रशासक विक्रम थापाका अनुसार विद्यालय परिसर, जनप्रिय क्याम्पस वरपर र पोखरा विमानस्थल गेट आसपासमा सरसफाई गरिएको हो ।
विद्यालयका प्राचार्य ज्ञानेन्द्र थापाले वातावरण जोगाउनु निकै चुनौतीपूर्ण रहेको बताए । उनले वातावरण संरक्षणमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।
सरसफाईमा विद्यार्थी, शिक्षकशिक्षिका र स्थानीय सहभागी थिए ।
Copyright © 2024 | All rights reserved.